सुदूरपश्चिममा सांस्किृतिक महोत्सव

कैलाली– सुदूरपश्चिम प्रदेशकै कला, संस्कृति, पर्यटन, व्यापार, कृषि प्रवर्द्धन गर्ने उद्देश्यले धनगढी उपमहानगरपालिका–१४ को फूलबारी गाउँमा महोत्सव आयोजना हुने भएको छ ।

५ देखि १४ पुससम्म महोत्सव गर्न लागिएको महोत्सवको उद्देश्य स्थानीय कला संस्कृति, कृषि पर्यटन र व्यापार प्रवर्द्धन गर्नु हो । 

महोत्सवको आयोजना फूलबारी गाउँमा रहेको न्यु बुद्ध स्पोर्ट युवा क्लबले गरेको हो । क्लबले फूलबारीमा आयोजना गर्न लागेको यो तेस्रो संस्करणको महोत्सव हो । 

महोत्सवमा स्थानीय एवं राष्ट्रिय स्तरमा उत्पादन सेवाहरुको बृहत् व्यापार मेला, स्थानीय तथा सुदूरपश्चिम प्रदेशमा उत्पादित कृषि उपजको प्रतियोगितात्मक प्रदर्शनी, खुला लोकदोहोरी प्रतियोगिता, विभिन्न जातजातिको सांस्कृतिक झाँकी प्रदर्शनी, आदिवासी जनजातिहरुको रहनसहन, संस्कृति, भेषभूषाका साथै खानाका परिकार महोत्सवको मुख्य आकर्षण रहनेछ । 

व्यवस्थित थारु घरवास, तामाङ गाउँ रहने महोत्सवमा १०० बढी विभिन्न व्यावसायिक कक्ष रहने महोत्सव मूल आयोजक समितिका संयोजक महेश गोलेले जनाए ।

महोत्सवमा झन्डै ३० लाख खर्च लाग्ने अनुमान छ भने ५० लाख बराबरको कारोबार गर्ने लक्ष छ । 





  • प्रकाशित मिति : मंसिर २४, २०७५ साेमबार १८:३८:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया