अनमोल केसी एम्पाएरसँग जोडिए

अभिनेता अनमोल केसी एम्पाएर इन्टरनेसनल एजुकेसन एण्ड भिजा सर्भिसेससँग जोडिएका छन् । एक वर्षका लागि अनुबन्धित भएका अनमोलले फोटोसुट, टेलिभिजन कमर्सियलसँगै एम्पाएरले गर्ने विभिन्न सचेतनामूलक शैक्षिक इभेन्टमा सहभागी हुनेछन् ।  

केही समययता विभिन्न ब्राण्डसँग जोडिएका अनमोलले आफ्नो फ्लोअर्समार्फत विद्यार्थी माझ सही जानकारी पुर्याउने उद्देश्यका साथ एम्पाएरको ब्राण्ड एम्बेसडर बन्न तयार भएको बताए । 

उनले उच्च शिक्षा हासिल गर्ने विद्यार्थीलाई एम्पाएरको तर्फबाट सही सूचना पुर्याउने छन् । अनमोलले एम्पाएरका लागि फोटोसुटसँगै केही दिन अगाडी मात्र टिभीसी सुट गरिसकेका छन् । 

उनको टिभीसीलाई शैक्षिक शैलीमा तयार गरिएको सञ्चारकर्मी तथा निर्देशक कुवेर डंगोलले बताए । केही समय अगाडि डंगोलसँगै फोटोसुट सम्पन्न गरेका अनमोलले काम टिभीसीको काम पनि सकाएका हुन् ।

'हामीले टिभी एडका लागि २५ सेकेन्ड लम्बाइ रहेको भिडियो तयार पारेका छौँ । यहाँ अस्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि छोटो सन्देश छोडिएको छ' निर्देशक डंगोलले भने ।  

एम्पाएरले विद्यार्थीलाई दिँदै आएको सेवालाई ध्यानमा राख्दै टिभीसी तयार गरिएको निर्देशक डंगोलले जनाए । रंग पत्रकार राजन घिमिरेको कन्सेप्टमा तयार भएको टिभीसीमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन तथा कलर रहेको छ ।





  • प्रकाशित मिति : फागुन ३, २०७८ मंगलबार १९:३३:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया