काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले ७०औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा आज चियापान समारोह आयोजना गरे ।
सिंहदरबारमा भएको चियापानमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, मन्त्री, सांसद, कूटनीतिक नियोगका प्रतिनिधि, उच्चपदस्थ अधिकारी र सञ्चारकर्मी सहभागी भए ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने चियापानमा देखिएनन् ।
त्यस्तै, सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री उपेन्द्र यादव पनि आजको चियापानमा सहभागी भएनन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत कोही पनि शीर्ष नेता चियापानमा सहभागी भएनन् ।
अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा प्रत्येक वर्ष प्रधानमन्त्रीले चियापान समारोहको आयोजना गर्ने चलन छ ।
संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को सदस्य राष्ट्रसमेत रहेकाले नेपालले मानवअधिकारको विषयलाई प्राथमिकता दिँदै आएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।