ओमानमा हुने आइसिसी पुरुष टि-२० विश्वकप ग्लाेबल छनाेटका लागि नेपाली टाेली घाेषणा भएकाे छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले १४ सदस्यीय टाेली घाेषणा गरेकाे हाे ।
क्यानले घाेषणा गरेकाे टाेलीमा चारदेशीय टि-२० सिरिज खेलेका कुशल मल्ल, साहब आलम र प्रदिप ऐरीलाई बाहिर राखिदाँ करण केसीकाे स्थानमा माैका पाएका गुल्सन झा भने अटाएका छन्।
गुल्सनले पहिलाेपटक टि-२० राष्ट्रिय टाेलीमा स्थान बनाएका हुन् ।
नेपाली टाेली :
सन्दीप लामिछाने (कप्तान), शरद भेषवाकर, ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, जितेन्द्र मुखिया, आरिफ शेख, कुशल भुर्तेल, अविनाश बोहरा, आसिफ शेख, कमलसिंह ऐरी, विवेक कुमार यादव, लोकेश बम, सागर ढकाल र गुल्सन झा
वैकल्पिक खेलाडी :
प्रदिप ऐरी, कुशल मल्ल र सहाव आलम
ग्लोबल छनोट ‘ए’मा नेपालसहित आयोजक ओमान, फिलिपिन्स, क्यानडा, युएई, बहराइन, आयरल्यान्ड र जर्मनी छन् । खेलहरू फेब्रुअरी १८ देखि २४ सम्म हुनेछन् ।
समूह ‘ए’ मा नेपाल, क्यानडा, फिलिपिन्स र ओमान तथा समूह ‘बी’ मा युएई, बहराइन, आयरल्यान्ड र जर्मनी छन् ।
नेपालले १८ फेब्रुअरीमा ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा हुने आयोजक ओमानविरुद्धकाे खेलबाट छनाेटकाे सुरुवात गर्नेछ ।
नेपालले दोस्रो खेल फिलिपिन्सविरुद्ध अल अमरेत क्रिकेट मैदानमा १९ फेब्रुअरी र समूह चरणकाे तेस्रो तथा अन्तिम खेल २१ फेब्रुअरीमा क्यानडाविरुद्ध ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा खेल्नेछ।
समूहकाे खेलपछि दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।
सेमिफाइनल खेलहरू २२ फेब्रुअरीमा हुनेछन् । फाइनल २४ फेब्रुअरीमा ओमान क्रिकेट एकेडेमी मैदानमा हुनेछ ।
फाइनल प्रवेश गर्ने दुवै टोलीले अस्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुने आइसिसी पुरुष टि-२० विश्वकप खेल्ने छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।