एमसिसीबारे छलफल गर्न माओवादी संसदीय दलको बैठक सुरु

नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सुरु भएको यो बैठक अमेरिकी सहयोग परियोजना एमसिसीबारे छलफल गर्न बोलाइएको हो ।

सरकारले एमसिसी प्रतिनिधिसभा बैठकमा टेबुल गर्न लागेपछि माओवादी केन्द्रले यो बैठक बोलाएको हो ।

संसदमा एमसिसी टेबुल हुँदा माअ‍ोवादी केन्द्रका सांसदहरुको भूमिका के हुने भन्नेबारे छलफल गर्न आजको बैठक बोलाइएको हो । माओवादी केन्द्रका नेताहरुले चाहिँ एमसिसी पारित गर्न आफूहरु तयार नभएको बताएका छन् । 

माओवादी केन्द्रका जनवर्गीय संगठनहरु एमसिसीको विरोध गर्न सडकमा उत्रिएका छन् ।





  • प्रकाशित मिति : फागुन ४, २०७८ बुधबार १०:५०:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया