आजै सरकारबाट बाहिरिन सक्छ माओवादी केन्द्र

नेकपा माओवादी केन्द्र आजै सरकारबाट बाहिरिन सक्ने सम्भावना बढेको छ । सत्तारुढ गठबन्धनमा पछिल्लो समय अमेरिकी सहयोग परियोजना एमसिसीबारे मतभेद हुँदा यो अवस्था आउने सम्भावना बढेको हो ।

एमसिसी संसदमा टेबुल भएमा के गर्ने भन्ने विषयमा छलफल गर्न बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले एमसिसी अहिलेको अवस्थामा पारित हुन नहुने निष्कर्ष निकालेको छ । 

‘राष्ट्रिय सहमति भएन भने एमसिसी यही अवस्थामा अगाडि बढ्दैन,’ माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले बैठकपछि भनेका छन्, ‘सरकारको धारणा भनेको पाँच दलको धारणा हो । यो एउटा पार्टीबाट मात्र आउन सक्दैन ।’

उनले कुनै एउटा पार्टीले मात्र एमसिसी अगाडि बढाउन खोजेको खण्डमा माओवादी केन्द्र सरकारबाट बाहिरिने संकेत पनि गरेका छन् ।

‘सरकारले जबरजस्ती गरेको खण्डमा हामी सरकारमा रहिरहँदैनौँ,’ उनले भने, ‘सरकारको निर्णय भनेको पाँच दलको निर्णय हो, तर यो निर्णयविना अगाडि बढियो भने माओवादी केन्द्र सरकारमा रहिरहँदैन, गठबन्धन तोडियो भन्ने कुरा हो ।’





  • प्रकाशित मिति : फागुन ४, २०७८ बुधबार ११:२२:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया