देउवा भेट्न बालुवाटार पुगे प्रचण्ड

प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन् । 

प्रचण्ड बुधबार बिहान माओवादी केन्द्रको सर्वदलीय बैठकपछि देउवा भेट्न पुगेका हुन् ।

देउवा र प्रचण्डबीच अहिले एमसिसीकाे विषयलाई लिएर छलफल भइरहेकाे छ ।

माओवादीले अमेरिकी सहयोग परियोजना (एमसिसी) राष्ट्रिय सहमतिबिना आउन नसक्ने निर्णय गरेको छ । 

संसदीय दलको बैठकमा गठबन्धनको परामर्श र छलफलबिना एमसिसी संसदमा टेबुल हुन नसक्ने भन्दै एमसिसीबारे थप छलफल गर्नु पर्ने माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले बताएका छन् । 

सत्तारूढ गठबन्धनमा माअ‍ोवादीले एमसिसीको विरोध गरे पनि नेपाली कांग्रेसले यसलाई पारित गर्ने निर्णय गरिसकेको छ । 



तर, माओवादी केन्द्रले एमसिसी टेबुल भएमा आफूहरूले विरोध गर्ने संसदीय दलको बैठकमा निर्णय गरेको छ ।



  • प्रकाशित मिति : फागुन ४, २०७८ बुधबार १२:२२:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया