'तीन दुश्मन'सँग कसरी सम्बन्ध बनाइरहेकाे छ चीनले ?
स्केच: इन्टरनेटबाट

एजेन्सी- इरान, इजरायल र साउदी अरब मध्यपूर्वका शक्तिशाली देश हुन् । तर, यी तिनै देशकाे सम्बन्ध एकआपसमा खासै राम्राे छैन । विशेषज्ञहरु यी तीन देशलाई एकअर्काका कट्टर विराेधी मान्छन् । तर, विश्व सम्बन्धमा सबैभन्दा आश्चर्यकाे कुरा के भने यी तिनै देशसँग चीनकाे अत्यन्त राम्राे सम्बन्ध छ । आखिर याे कसरी सम्भव भयाे त ? 

खासमा इरान, साउदी अरब र इजरायलले एकअर्कालाई निकै शंकास्पद हिसाबमा हेर्छन् । त्यसैले यी तीनकाे सम्बन्धमा सधैं खटपट परिरहन्छ । इरान र साउदी अरब अहिले पनि आआफ्ना सहयाेगीकाे साथमा सिरिया, यमन तथा प्यालेस्टाइनमा युद्ध लडिरहेका छन् । दुवै देशले इजरायलकाे कडा आलाेचना गर्छन् । र, दुवै देशले इजरायलसँग कुनै कुटनीतिक सम्बन्ध पनि राखेका छैनन् । इरानकाे परमाणु कार्यक्रमलाई चाहिँ इजरायल र साउदी अरब दुवैले आफूलाई खतरा मान्छन् र इरानकाे आलाेचना गर्छन् । इजरायल र साउदी अरबलाई अहिले अमेरिकाका सबैभन्दा नजिकका सहयाेगी मानिन्छ ।

उता इरान र अमेरिकाकाे सम्बन्ध अहिले राम्राे छैन । तर, अचम्म लाग्ने तरिकाले चीनले यी तिनै देशसँग राम्राे सम्बन्ध बनाएकाे छ । र, यी तीन देशकाे कटुताले चीनसँगकाे सम्बन्धमा कुनै असर पनि गरेकाे छैन । यी तिनै देशमा चिनियाँ नेतृत्व भ्रमणमा गइरहेका हुन्छन् भने यी तीन देशबाट पनि चीनमा उच्चस्तरीय भ्रमण भइरहेका हुन्छन् ।  

चीन र इरानकाे सम्बन्ध

सन् १९७९ काे इस्लामी क्रान्तिपछि सबैसँग सम्बन्ध बिग्रिए पनि इरान र चीनकाे सम्बन्ध झन् बलियाे भयाे । जब इराक र इरानबीच युद्ध भयाे, चीनले इरानलाई सहयाेग गर्याे । जब परमाणु कार्यक्रमका कारण अमेरिका र युराेपेली देशहरु इरानबाट टाढिए, चीन झन् नजिकियाे । उसले इरानबाट तेल अायात गर्न थाल्याे । अहिले इरानले चीनकाे वान बेल्ट वान राेड परियाेजनामा सहभागिता जनाएकाे छ । पछिल्ला दिनमा अमेरिकार र इरानबीच सम्बन्ध झन् चिसिँदाे छ तर चीनले अाफ्नाे सम्बन्ध झन् बलियाे बनाएकाे छ ।

 



इजरायलमा चीनकाे लगानी

इजरायल र चीनकाे कुटनीतिक सम्बन्ध पनि निकै पुरानाे हाे । पछिल्ला वर्ष चीन र इजरायलबीच अार्थिक सम्बन्ध पनि निकै बलियाे भएकाे छ । गत वर्ष चीन पुगेका इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले दुई देशबीच २ अर्ब डलरकाे सम्झाैतामा हस्ताक्षर गरेका थिए । इजरायलमा वर्षेनी हजाराैं चिनियाँ पर्यटक पुग्छन् । इजरायकाे अाैद्याेगिक क्षेत्रमा चीनले निकै धेरै लगानी पनि गरेकाे छ ।  



 

चीन र साउदी अरबकाे सम्बन्ध

चीन र साउदी अरब सबैभन्दा ठूला व्यापारिक साझेदार हुन् । तेलकाे सबैभन्दा ठूलाे निर्यात गर्ने  र अायात गर्ने यी दुई देशबीच अार्थिक सम्बन्ध निकै बलियाे छ । तर, चीनले साउदीकाे राजनीतिमा खासै चासाे दिँदैन ।  

 

कसरी सम्भव ?

चीनकाे यी तिनै देशसँगकाे सम्बन्ध यति राम्राे हुनुमा उसले यी देशकाे राजनीतिमा खासै चासाे नदिने तर लगानीमा केन्द्रित भएर अगाडि बढ्नु हाे भन्ने अधिकांश विश्लेषक मान्छन् । चीनलाई लगानीकाे ठूलाे महत्व भएकाले नै याे सम्भव भएकाे हाे । यदि उसले राजनीतिक हस्तक्षेप पनि गर्न खाेज्थ्याे भने तिनै देशसँग यस्ताे सम्बन्ध सफल हुने थिएन ।

  • प्रकाशित मिति : मंसिर २४, २०७५ साेमबार २२:४४:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया