एभाेकाडाेका १० फाइदा, सायद तपाईंलाईं थाहा नहाेला !

एभाेकाडाे, भिटामिन ए, बी, ई, फाइबर, मिनरल्स र प्रोटिनले भरिपूर्ण एक गहिरो हरियो रङको फल हो । लो फ्याट मोनोसेचुरेटेड भएको कारणले यसको सेवन गर्दा धेरै रोगबाट त बचाउँछ नै । साथै, ‘ब्युटी प्रब्लम्स्’बाट पनि टाढा राख्न सहयोग गर्छ ।

एभाेकाडाेका फाइदाः

१. घामको किरणबाट बच्नका लागि एभाेकाडाे सनस्क्रिन लोशनको प्रयोग गर्न सकिन्छ । एभाेकाडाे लोशनलाई छालामा लगाएर बाहिर निस्कँदा यसमा भएको पोषक तत्वले घामबाट बचाउन सहयोग गर्छ ।

२. सफा र चम्किलो छालाका लागि एभाेकाडाे र मेवाको मिश्रणमा हल्का मह मिसाएर अनुहारमा लगाउने । त्यसको केही समयपछि चिसो पानीले मुख धुने । यसो गर्दा अनुहारमा जमेको मैला हट्छ । अनि मिल्छ प्राकृतिक सुन्दरता ।

३. एन्टी अक्सिडेण्टको गुण पाइने अभोकाडोको प्रयोगले छालालाई पोषण प्रदान गर्छ । यस्तै, ‘ब्युटी प्रब्लम्स्’ पनि हटाउँछ । लगाउनुको साथै दैनिक एक एभाेकाडाे खाँदा पनि यसले शरीर र छाला दुवैलाई फाइदा पुर्याउँछ ।

४. प्रदूषण, कपालको उचित स्याहार सम्मार नगर्ने र हिटिङ टुल्सको धेरै प्रयोगले कपाल ड्यामेज हुन्छ । यस्तो स्थितिमा एभाेकाडाेकाे गुदीलाई लेप बनाएर हप्तामा तीनपटक कपालको जरामा लगाउँदा कपाल झर्ने समस्याबाट मुक्ति मिल्छ ।



५. एभाेकाडाेको गुदिलाई नियमित रुपमा लगाउँदा कपाल नरम बनिरहन्छ । चम्किलो पनि देखिन्छ ।

६. एभाेकाडाेलाई दुई चम्चा जैतुनको तेलमा मिश्रण गरेर मिलाउनुहोस् । त्यसपछि यसलाई कपालको जरामा लगाएर आधा घण्टापछि धुनुहोस् । यसो गर्दा कपाल बलियो र नरम बन्छ ।



७. भिटामिन ए र ई, फाइबर र मिनरल्स पाइने एभाेकाडाेको सेवनले छाला सँगसँगै शरीरलाई पनि फाइदा पुर्याउँछ । यसले मोटोपन र सुगर पनि कम गर्छ ।

८. एभाेकार्डाेमा प्रशस्त मात्रामा पाइने प्रोटिनले कमजोर हड्डी र हार्ट अट्याकको समस्या पनि हुन दिँदैन । त्यसैले दैनिक एक एभाेकाडाे खानु लाभदायक मानिन्छ ।

९. यदि हाम्रो जीवनमा ‘एक दिन, एक एभाेकार्डाे’ लागू गर्ने हो भने क्यान्सरको खतरा रहँदैन । यसको सेवनले शरीरमा क्यान्सर सेल्स बढ्न दिँदै । जसले गर्दा क्यान्सर खतरा पनि हुँदैन ।

१०. एभाेकाडाेमा हुने फाइबरले पेटलाई सफा राख्छ । कब्जियत, अपच र एसिडिटी जस्ता रोगको लागि एभाेकाडाे सेवन सन्जीवनी हो । यसले पाचन प्रक्रियालाई समेत ठीक राख्छ ।

  • प्रकाशित मिति : मंसिर २४, २०७५ साेमबार २२:५०:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया