नेपाल आउँदै सलमान खान

भारतीय अभिनेता सलमान खान नेपाल आउने भएका छन् । उनी आउँदा ३ वैशाखमा हुने एक सांगीतिक कार्यक्रमका लागि नेपाल आउन लागेका हुन् ।

सलमानलाई लाजिम्पाटमा रहेको ओडीसी इन्टरटेनमेन्टले नेपाल ल्याउन लागेको हो । उनलाई नेपाल ल्याउने सम्पूर्ण तयारी पूरा भएको ओडीसी इन्टरटेनमेन्टका सीमान्त गुरुङले जानकारी दिए ।  

‘सलमान ल्याउने विषयमा हामीले सम्पूर्ण तयारी गरिसकेका छौँ । यस विषयमा अन्य जानकारी केही समयपछि दिनेछौँ,’ उनले भने ।

आयोजकका अनुसार नेपालको सुस्ताएको पर्यटन व्यवसाय चलायमान गराउन बलिउड कलाकार नेपाल ल्याउन लागिएको हो ।  





  • प्रकाशित मिति : फागुन ५, २०७८ बिहीबार ९:३४:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया