नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गायक तथा कलाकारसँग भेटघाट गरेका छन् । उनको सचिवालयका अनुसार प्रचण्डले आज गायक राजेश पायल राई, कलाकार सन्दीप क्षेत्री, चेतन सापकोटा, रीता सिवाकोटी, करिश्मा ढकाल, गायिका कल्पना दाहालसँग घेटघाट गरेका हुन् ।
उनले सबै कलाकारसँग अलग-अलग भेट गरेका थिए । भेटमा कलाकारहरूले प्रचण्डसँग खुलेर आफ्नो कुरा राखेका थिए ।
‘आज अध्यक्ष कमरेड प्रचण्डले गायक राजेश पायल राई, कलाकार सन्दीप क्षेत्री, चेतन सापकोटा, रीता सिवाकोटी, करिश्मा ढकाल, गायिका कल्पना दाहालसँग अलग-अलग भेटघाट गर्नुभयो । क. प्रचण्डसँग सबै कलाकर्मीहरूले खुलेर आफ्नो कुरा राख्नुभयो,’ प्रचण्ड स्वकीय सचिव गंगा दाहालले फेसबुकमा लेखेकी छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।