भारतीय गायक तथा संगीतकार बप्पी लहरीको अचानक निधन भएपछि भारतीय बलिउड क्षेत्र स्तब्ध छ । मंगलबार राति बप्पीको स्वास्थ्यमा अचानक समस्या आएको थियो, उनलाई अस्पताल लगिएको थियो ।
तर, अस्पतालमा उनको निधन भयो, उनलाई बचाउन सकिएन । अब उनका ज्वाइँ गोविन्द बन्सलले १५ फ्रेबुअरीमा बप्पीलाई के भएको थियो भन्नेबारे जानकारी दिएका छन् ।
अस्पतालमा केही दिन पहिले नै भर्ना भएका थिए, बप्पी । अनि घर फर्किएका थिए । तर, निधन भएको रात उनको अवस्था फेरि बिग्रिएको थियो ।
उनले खाना खाएपछि आफूलाई अप्ठ्यारो भएको बताएका थिए ।
उनलाई लामो समय देखि अब्स्ट्रक्टिभ स्लिप एनेमिया भएको थियो । गत वर्ष उनलाई कोरोनाभाइरस संक्रमण पनि भएको थियो ।
मृत्युको रात बप्पीको मुटु निकै कमजोर भएको उनका ज्वाइँ गोविन्दले बताएका छन् । डिनरको आधा घन्टापछि उनलाई हृदयघात भएको जानकारी पनि उनले दिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।