एभरेष्ट प्रिमियर लिग: आज दुई खेल

काठमाडौँ– एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज दुई खेल हुँदैछन् । 

कीर्तिपुरस्थित त्रिवी मैदानमा हुने पहिलो खेलमा विराटनगर वारिवर्स र पोखरा राइनोज तथा दोस्रो खेल चितवन टाइगर्स र भैरहवा ग्लाडियटर्सबीच हुने आयोजकले जनाएको छ । पारस खड्काको कप्तानीमा रहेको विराटनगर र केली कोएट्जरको कप्तानीमा रहेको पोखराबीच पहिलो खेल बिहान ९ बजे शुरु हुनेछ । 

पोखराविरुद्ध मैदान उत्रदा साविकको विजेतासमेत रहेको विराटनगर लगातार दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा ललितपुर प्याट्रियसलाई पराजित गरेको थियो । 

पोखराले भने यसअघिका दुवै खेलमा पराजित भइसकेको छ । पोखरालाई अघिल्लो चरणको यात्रा तय गर्न जित्नै पर्ने बाध्यता छ । विराटनगरविरुद्ध पराजित भएमा पोखरा समूह चरणबाटै बाहिरिनेछ । पोखरा पहिलो खेलमा भैरहवा र दोस्रो खेलमा ललितपुरसँग पराजित भएको थियो । 

अाजै हुने दोस्रो खेलमा शरद भेषवाकरको भैरहवा र पृथु बाँस्कोटाको कप्तानीमा रहेको चितवनबीच खेल हुनेछ । दुई टोलीबीचको खेल दिउँसो १ बजे शुरु हुनेछ । 

चितवनविरुद्ध मैदान उत्रदा भैरहवा लगातार दोस्रो जितको योजनामा हुनेछ । अघिल्लो संस्करणको उपविजेतासमेत रहेको भैरहवाले पहिलो खेलमा पोखरालाई हराएको थियो । चितवन पनि दुई खेलमा पराजित भइसकेको छ । चितवन पहिलो खेलमा ललितपुर र दोस्रो खेलमा काठमाडौँसँग पराजित भएको थियो । 





  • प्रकाशित मिति : मंसिर २५, २०७५ मंगलबार ९:८:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया