युक्रेनसँगको सिमानाबाट आफ्ना सेनाहरू हटाउँदै गरेको रुसी दाबी ‘झूटो’ भएको अमेरिकी एक वरिष्ठ अधिकारीले बताएका छन् । पछिल्ला दिनमा थप ७ हजार रुसी सेना सीमामा थपिएकोसमेत उनले दाबी गरेका छन् ।
युक्रेनमा कुनै पनि बेला अतिक्रमण गर्न रुसले ‘झूटो’ बहाना गर्न सक्ने ती अधिकारीले बताएको बीबीसीले जनाएको छ ।
पत्रकारहरुसँग कुराकानी गर्दै ती अधिकारीले ‘युक्रेनसँगको सीमाबाट रुसी सेना फर्किएको’ भन्ने रुसी दाबीमाथि शंका गरे ।
‘त्यो दावीको लागि उनीहरुले संसारभरको ध्यानकर्षण गरेका थिए । हामीलाई थाहा छ की त्यो गलत हो’, उनले भने ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।