सय रुपैयाको दही चोर्ने व्यक्ति पक्राउ गर्न ६ जनाको डिएनए परीक्षण

एजेन्सी– ताइवान प्रहरीले १०० रुपैयाको दही चोर्ने व्यक्तिलाई पक्राउ गर्न ६ जनाको डिएनए टेस्ट गरेको छ । स्टुडेन्ट्स होममा बस्ने एक महिलाको उजुरीका अाधारमा प्रहरीले अनुसन्धान सुरु गरेको हो ।

महिलाका अनुसार एक व्यक्तिले उसको फ्रिजबाट दही झिकेर खाएको थियो । उनले आफूसँगै बस्ने साथीहरुलाई सोध्दा सबैले दही खाएको अस्वीकार गरेका थिए । यसपछि ति महिलाले ताइपे प्रहरीमा केस दर्ता गराएकी थिइन् ।  

ताइवानको सञ्चारमाध्यमका अनुसार जब महिला प्रहरीकोमा दहीको प्याकेट लिएर उजुरी दर्ता गर्न गइन्, त्यो सुनेर सबै दंग परे । पछि प्रहरी अधिकारीले चोरीको मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरे ।

अनुसन्धानको क्रममा आरोपीसँग प्याकेटको फिंगरप्रिन्ट मिलेन । यसपछि फरेन्सिकको सहयोग लिन महिलाले प्रहरीलाई सल्लाह दिइन् । फरेन्सिक जाँचपछि प्रहरीले ६ जना मानिसको डीएनए परीक्षण गर्यो । यसको नतिजाको आधारमा प्रहरीले दोषीलाई पक्राउ गर्यो । 

प्रत्येक व्यक्तिको डिएनए परीक्षण गर्दा प्रहरीले ३ हजार ताइवानी डलर खर्च गर्नुपर्यो । जसमा ६ जनाकोे टेस्ट गर्दा कुल १८ हजार ताइवानी डलर खर्च भएको छ ।

यो समाचार सार्वजनिक भएपछि सरकारी पैसाको दुरुपयोग गरेको भन्दै करदाताहरुले आक्रोश पोखेका छन् । केही व्यक्तिले प्रहरीको संसाधनको दुरुपयोग गरेको आरोप समेत लगाएका छन् । 





  • प्रकाशित मिति : मंसिर २५, २०७५ मंगलबार १०:२६:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया