सेक्स भनेको यस्तो ‘कर्म’ हो जसले सम्बन्धमा ठूलो परिवर्तन ल्याइदिन सक्छ । यसले कि त ‘रिलेशनशिप’लाई अझ धेरै प्रगाढ बनाउँछ । या फेरि सम्बन्ध टुट्नुको कारण बन्न सक्छ ।
लभ कि सेक्स ?
धेरै जोडीहरुको मान्यता चाहिँ सम्बन्धमा सेक्स अहम् हो भन्ने छ । किनकि यसले पार्टनरलाई जोड्ने काम गर्छ । तर, केहीको धारणा भने सम्बन्धलाई जोगाउन वा चलाउन सेक्स आवश्यक नरहेको बताउँछन् । त्यसोभए के कम वा बिनासेक्सको सम्बन्ध लामो सयमसम्म चल्छ त ?
यसबारे थुप्रै जोडीसँग गरिएको अनुसन्धानमा निम्नलिखित जवाफ पाइएको छ । सेक्स रिलेशनशिपको एक भाग भएपनि पूर्णरुपमा सम्बन्धको आधार नभएको तर रिलेशनशिपको एक भाग भएको एक जोडीको स्विकारोक्ती छ । सुरुवातमा सेक्सुअल अट्राक्शन सम्बन्धमा हाबी भइरहे पनि अन्ततः समझदारीले नै सम्बन्ध सम्हाल्ने काम गर्छ ।
सेक्सबिना सम्बन्ध हुँदैन
एक विवाहित जोडी भन्छन्– ‘विवाह गरेको ६ वर्ष भयो । तर, हाम्रो सम्बन्ध सुमधुर बनाइराख्न सेक्सले महत्वपूर्ण भूमिका खेलेको छ । यसैले सेक्स प्रेमको एक भाग हो । यस्तो अवस्थामा सेक्सलाई नकार्न मिल्दैन ।
रिलेशनशिपलाई चिनौँ
एक जोडी यो पनि मान्छन् कि, उनीहरुको सम्बन्ध सेक्सका कारणले भएको थियो । ‘म आफ्नो ब्वाइफ्रेण्डसँग सेक्सुअल अट्राक्टेड थिएँ । मलाई हाम्रो सम्बन्धमा प्रेम पनि छ कि बर्बादी मात्रै छ भनेर डर लाग्थ्यो । यही कुरा मैले उसलाई बताएँ । त्यसपछि हामीले सेक्सलाई एक वर्षसम्म महत्व दिएनौँ । हामीबीच कुनै समस्या आएन । अनि बल्ल विवाह गर्यौँ ।
सेक्स लाइफ सँधै टिक्दैन
उमेरले आधा दशक पार गरेका एक जोडीका अनुसार, उनीहरुको जवानीको दिनमा सेक्स लाइफ सम्बन्धको महत्वपूर्ण भाग थियो । तर, आजको उमेरमा त्यसो हुन सक्क्दैन । ‘हाम्रो सम्बन्धमा यसको असर कत्ति पनि परेन’ उनहरु भन्छन्– ‘सेक्सबिना पनि हामी धेरै खुसी छौँ । सेक्स लाइफ सँधै टिक्दैन । तर, प्रेम बनिरहन्छ ।
-एजेन्सी
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।