बिनानिष्कर्ष टुंगियाे गठबन्धनकाे बैठक, आइतबार फेरि बस्ने
फाइल फाेटाे

सत्तारूढ गठबन्धनको बैठक बिनानिष्कर्ष सकिएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार बिहान बसेको बैठकमा एमसिसीबारे सहमति जुट्न नसकेकाे हाे । 

गठबन्धनमा आवद्ध दलमा एमसिसीबारे सहमति नजुटेपछि फेरि आइतबार बस्ने गरी बैठक सकिएको एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले जानकारी दिए।

गठबन्धनको बैठकमा कुनै सहमति नजुटेपछि शुक्रबार बस्ने प्रतिनिधिसभामा एमसिसी टेबुल नहुने भएको छ । 

बालुवाटारमा गठबन्धनको बैठकमा भाग लिन जानुअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच अलग्गै बैठक भएको थियो ।

गठबन्धनको बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष नेपाल, जसपा अध्यक्ष यादव उपस्थित थिए । एमसिसी अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयलाई लिएर केही दिनदेखि गठबन्धनको बैठक बस्दै आएको छ । तर कुनै सहमति जुट्न सकेको छैन ।

एमसिसीले दिएको समयसीमा सकिन १० दिन मात्र बाँकी रहँदा प्रधानमन्त्री देउवा निकै दबाबमा छन् । गठबन्धनले सहयोग नगरे प्रमुख प्रतिपक्षी एमालेको साथ लिएर अगाडि बढ्ने विकल्पमा पनि उनले गृहकार्य गरिरहेका छन् ।





  • प्रकाशित मिति : फागुन ६, २०७८ शुक्रबार ११:९:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया