माओवादी केन्द्रीय कमिटी बैठक २० फागुनसम्मका लागि स्थगित
फाइल तस्वीर

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । माओवादीले आगामी ८ र ९ फागुनमा बस्नेगरी पार्टीको केन्द्रीय कमिटी बैठक बोलाएको थियो । 

यसअघि २८ माघमा बोलाइएको बैठक पनि स्थगित भएको थियो । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार वर्तमान राजनीतिक उतारचढाव र नेतृत्वको कार्य व्यस्तताका कारण बैठक स्थगित भएको हो । अर्को बैठक २० फागुनका लागि निर्धारण भएको पनि उनले जानकारी दिए । 

माओवादीले आठौं महाधिवेशनपछि एकपटक मात्र केन्द्रीय कमिटी बैठक बसेको छ । महाधिवेशन सकिएकै भोलिपल्ट बसेको सो बैठकले प्रचण्डलाई अध्यक्षमा निर्वाचित गरेर स्थगित भएको थियो । त्यसयता तोकिएका बैठकहरू स्थगित हुँदै आएका छन् । 

माओवादीले अझै पदाधिकारी छान्न सकेको छैन् । पदाधिकारीमा आकांक्षी थपिएसँगै प्रचण्डलाई पार्टीभित्रको आन्तरिक भागवण्डा मिलाउन सकस परेको थियो । 

यसैबीच सत्ता गठबन्धनमा अमेरिकी सहयोग परियोजना एमसिसीबारे धारणा बाझिएपछि प्रचण्डको दौडधूप बढेको छ । स्थानीय निर्वाचन घोषणा भइसकेको अवस्थामा गठबन्धन टुट्ने गरी राजनीतिक घटनाक्रम बढेपछि साना दलहरूसँगको गठबन्धनको आन्तरिक तयारीमा प्रचण्ड छन् ।



एमसिसीबारे केन्द्रीय कमिटी बैठकमा पनि छलफल गर्ने तयारी माओवादीले गरेको थियो । माओवादीले अब बस्ने केन्द्रीय कमिटीबाट पदाधिकारीको टुंगो लगाउने बताएको छ ।



  • प्रकाशित मिति : फागुन ६, २०७८ शुक्रबार १५:४४:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया