गायिका नेहा र अभिनेता हिमांशबीच ब्रेकअप

यारिया फिल्मका अभिनेता हिमांश कोहली र भारतीय चर्चित गायिका नेहा कक्कर ब्रेकअप भएको खबर सार्वजनिक भएको छ । बलिउडमा लामो समयदेखि यो जोडी चर्चामा थियो । तर अचानक ब्रेकअप भएको खबर फैलिएको छ । 

सेप्टेम्बरमा इन्डियन आइडलको मञ्चमा हिमांशले नेहालाई सरप्राइज दिएपछि दुवैले आफ्नो सम्बन्ध सार्वजनिक गरेका थिए । तर यो सम्बन्ध लामो समयसम्म टिक्न सकेन । 

नेहा र हिमांश दुवैले एकअर्कालाई इन्स्टाग्राममा अनफलो गरेका छन् । नेहाले इन्स्टाग्रामबाट हिमांशसँगका तस्विरहरु पनि हटाएकी छन् । तर हिमांशले नेहासँग खिचेका तस्विर र भिडियोहरु आफ्नो अकाउन्टबाट हटाएका छ्रैनन् । 

यस वर्षको सुरुवातमा नेहा र हिमांशले ‘ओ हमसफर’ नामको म्युजिक भिडियो सार्वजनिक गरेका थिए । 
 





  • प्रकाशित मिति : मंसिर २५, २०७५ मंगलबार १३:२५:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया