सुर्खेतमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

सुर्खेतमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ज्यान गुमाउनेहरूमा भेरीगंगा नगरपालिका वडा- १० का २० वर्षीय रवीन सिंजाली र सोही ठाउँका १७ वर्षीय योगेश बुढा रहेको प्रहरीले जनाएको छ ।

छिन्चुबाट कोहलपुरतर्फ जाँदै गरेको लु ८० प ८४९३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई  दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । 

हिजो राति करिब साढे दश बजेतिर भेरीगंगा नगरपालिका वडा -४ हर्रे नजिक सडकबाट मोटरसाइकल  करिब दुई सय मिटर तल खस्दा चालक र पछि सवार यात्रुकाे घटनास्थलमै मृत्यु भएको हो ।  

हिजो राती दुर्घटना भए पनि उनीहरूको शव आज बिहान मात्रै पाेस्टमार्टमका लागि मेहेलकुना अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डिएस्पी रामप्रसाद घर्तीले जानकारी दिए ।
 





  • प्रकाशित मिति : फागुन ७, २०७८ शनिबार १२:४८:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया