उचित समन्वय नहुँदा निर्माण व्यवसायी समस्यामा

काठमाडौ‌ं– स‌ंघीय, प्रदेश र स्थानीय सरकारबीच उचित समन्वय नहुँदा देशभरका निर्माण व्यवसाय मारमा परेको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । विभिन्न तहका सरकारबीच समन्वय नहुँदा संघीय सरकारले सम्झौता गरी सञ्चालनमा रहेका विभिन्न सडक, भवन, पुललगायतका परियोजनाको भुक्तानीमा अन्योल देखिएको महासंघको भनाइ छ । 

पछिल्लो समय भुक्तानीको समयमा संघीय सरकारले प्रदेश तथा प्रदेश सरकारले संघीय सरकारलाई देखाउँदा अलमलको अवस्था सिर्जना भएको महासंघका महासचिव रोशन दाहालले बताए । 

परियोजनाको निर्माणमा ढिलाइ हुँदा दोषीको भागिदार निर्माण व्यवसायीलाई मात्र बनाइने गरिएको भन्दै महासंघले आपत्ति जनाएको हो । निर्माण व्यवसायीले जारी गरेको बैंक ग्यारेन्टीसमेत केन्द्र वा प्रदेश कुन सरकारको नाममा हुने भन्ने द्विविधा उत्पन्न भएको महासचिव दाहालले बताए । 

केन्द्रीयस्तरका परियोजना निर्माणका लागि हाल प्रदेश सरकार सबल नभएको अवस्थामा समस्या समाधान गर्न र भुक्तानी नभएसम्म सम्झौता भएको निकाय केन्द्रीय सरकारबाटै व्यवस्थापन गर्न महासंघले माग गरेको छ । 

देशभरका करिब १५ हजारभन्दा बढी सदस्य रहेको महासंघ विकास निर्माणको जिम्मा लिएका व्यवसायीको छाता संगठन हो । पुँजीगत बजेटको ६५ प्रतिशत खर्च गर्ने यस क्षेत्रलाई व्यवस्थित नबनाइँदासम्म विकास सम्भव नभएको महासंघको ठहर छ । 
 





  • प्रकाशित मिति : मंसिर २५, २०७५ मंगलबार १३:४०:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया