एभरेष्ट प्रिमियर लिग – विराटनगर वारियर्ससँग पोखरा पराजित

काठमाडौँ– एभरेष्ट प्रिमियर लिग (इपिएल) टी ट्वान्टी क्रिकेट प्रतियोगितामा विराटनगर वारियर्सले पोखरा राइनोजलाई सुपरओभरमा पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गराएको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले विराटनगरलाई ८५ रनको विजयी लक्ष्य दिएको थियो । जवाफमा विराटनगर १९ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै ८४ रनमा समेटिएपछि खेल सुपरओभरमा गएको थियो । 

सुपरओभरमा विराटनगरले २० रन जोड्दै पोखरालाई २१ रनको लक्ष्य दिएको थियो । जवाफमा पोखरा १३ रनमा सीमित भयो । विराटनगरको लागि करण केसीले २० रन जोडे । सुपरओभरमा जानु अघि विराटनगरका लागि आसिफ शेखले सर्वाधिक १९ रनको योगदान दिएका थिए भने करण केसीले १५, रोबिन क्षेत्री र हरि चौहानले समान १२÷१२, भान डेर मेर्वीले ११ तथा कप्तान पारस खड्काले एक रन जोडेका थिए । 

पोखराका विपीन खत्रीले तीन तथा सुसन भारी, विक्रम सोब र पाउल कलीनले समान दुई÷दुई विकेट झारे । त्यसअघि पोखराले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ८४ रनको योगफल बनाएको थियो । पोखराले १९ रन जोड्दा चार विकेट गुमाएको थियो ।

पोखराका पाउल कलीनले सर्वाधिक २० रन जोडे भने राजेश पुलामी मगरले १७, रिचर्ड लेभी तीन तथा कप्तान कोएट्जरले चार रन जोडे । विराटनगरका पाउल भान मिकेरिनले तीन तथा भान डेर मेर्वीले दुई विकेट लिए । जितसँगै विराटनगरले दुई खेलबाट चार अङ्क जोडेको छ । विराटनगरले पहिलो खेलमा ललितपुर प्याट्रीयट्सलाई पराजित गरेको थियो । 

लगातार तेस्रो हार बेहोरेको पोखरा दोस्रो चरणमा पुग्ने सम्भावना न्यून हुँदै गएको छ । पोखरा पहिलो खेलमा भैरहवा र दोस्रो खेलमा ललितपुरसँग पराजित भएको थियो । 





  • प्रकाशित मिति : मंसिर २५, २०७५ मंगलबार १४:९:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया