यी ६ फिल्मबाट थाहा पाउनुहोस् युक्रेन-रुसबीचको द्वन्द्व
फाइल तस्बिर

युक्रेन र रुसबीच सन् २०१४ देखि नै द्वन्द्व चलिरहेको छ । तर, अहिले यसले उग्र रूप लिएको छ । अवस्था यस्तो छ कि, १ लाख ३० हजार रूसी सेनाले युक्रेनलाई घेरेर राखेका छन् । रूसले युक्रेनमाथि आक्रमण गर्ने पूर्ण तयारी गरेको छ ।

रूस र युक्रेन द्वन्द्वका बीच युक्रेनका जनताको निरीह अवस्थालाई लिएर धेरै फिल्म बनाइएका छन् । यस्ता धेरै चलचित्र युक्रेनको चलचित्र प्लेटफर्म टकफ्लिक्समा हेर्न सकिन्छ । यी फिल्ममा रूस र युक्रेनबीचको द्वन्द्व, युक्रेनका जनता र त्यहाँ सैनिकका काम देखाइएको छ ।

साइबोर्ग्स: २०१४ मा युक्रेनी सेना र सैन्य स्वयंसेवकहरूले लामो समयसम्म डोनेट्स्क एयरपोर्टको सुरक्षा गरे । यसैमा साइबोर्ग्स फिल्म बनेको छ । यी बहादुर सैनिकहरूलाई चलचित्रमा देखाइएको छ ।

द क्याकोफोनी अफ द डोनबास : १९३० मा डोनबास सिम्फनी नामको 'ध्वनि वृत्तचित्र' बनाइएको थियो । यसमा डोनबासलाई एक शक्तिशाली औद्योगिक क्षेत्रका रूपमा देखाइएको थियो । पछि २०२० मा द क्याकोफोनी अफ द डोनबासमा यस क्षेत्रको वास्तविकताबारे देखाइएको छ । यो चलचित्रमा युद्ध पनि देखाइएको छ । फिल्ममा एक्शन, धेरै नराम्रो घटना र मानिसको मृत्यु देखाइएको छ ।

नो अउज सिङ : २०१८ मा रिलिज भएको यस फिल्मको कथा ओक्साना नामकी महिलाको वरिपरि घुमेको छ । महिला पोस्ट ट्राउमेटिक स्ट्रेस डिसअर्डर (पिटिएसडी) पेनिक अट्याक र युद्धको डरलाग्दा यादका ग्रस्त देखाइएको छ ।

वार नोट: २०२१ मा रिलिज भएको फिल्म वार नोटमा सैनिक र स्वयंसेवकहरूका दैनिकीका कथालाई देखाइएको छ । यस फिल्ममा युक्रेनी सैनिकका धेरै वास्तविक भिडियोहरू पनि देखाइएको छ । यस फिल्ममा फ्रन्टलाइनमा खटिएका सिपाहीहरूको वास्तविकता पनि देखाइएको छ  



ट्रेन किभ-वार : यो फिल्म २०२० मा रिलिज भएको थियो । यो फिल्ममा किभदेखि कोस्टियन्टिनिभकासम्मको यात्रा देखाइएको छ । यो वार जोन नजिकै अवस्थित एउटा सानो शहर हो । युद्धको मैदानबाट दिनहुँ धेरै मानिस यस क्षेत्र हुँदै हिँड्छन् । यो फिल्मको कथा रोचक छ । यो फिल्मलाई जनताले पनि निकै रुचाएका छन् ।

ब्याड रोडः ब्याड रोड  : यो फिल्म सन् २०२० मा रिलिज भएको थियो । फिल्मका निर्देशकले फिल्म निर्माण र अनुसन्धानमा निकै मिहिनेत गरेका छन् । उनले फिल्म बनाउनुअघि धेरै सैनिक र आम नागरिकको कथा सुनेका थिए । यो फिल्म रिलिजपछि यसले धेरैको प्रशंसा पाएको थियो ।



  • प्रकाशित मिति : फागुन ७, २०७८ शनिबार १९:४१:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया