रुसले ठूलाे युद्धकाे याेजना बनाइरहेकाे छ : बेलायती प्रधानमन्त्री जाेनसन

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले रुसले युरोपमा सन् १९४५ पछिकै ठूलो युद्धको योजना बनाइरहेकाे आरोप लगाएका छन् । बिबिसीसँगको एक अन्तर्वार्तामा क्रममा उनले यस्ताे आराेप लगाएका हुन् ।

प्रधानमन्त्री जोनसनले भने, ‘सबै संकेतहरू यस्ता छन कि योजना केही अर्थमा सुरु भइसकेको छ ।’

रुसले राजधानी किभलाई घेरा हालेर युक्रेनमा आक्रमण गर्न खोजेकोे गुप्तचरले जानाकारी दिएको उनले बताए । 

‘मानिसहरूले मानव जीवनको मूल्य बुझ्न आवश्यक छ’, प्रधानमन्त्रीले भने ।

रुसी आक्रमण हुनै लागेको हो त भन्ने बिबिसीको जिज्ञासामा प्रधानमन्त्री जोनसन भन्छन्, ‘मलाई डर छ, जसलाई प्रमाणले इंगित गरेको छ ।’ 

करिब १ लाख ६९ हजार देखि १ लाख ९० हजार रुसी सेना युक्रेनको सीमामा रहेको अमेरिकाले पछिल्लो पटक अनुमान गरेको छ । तर, यो तथ्यांकमा पूर्वी युक्रेनमा सरकारविरुद्ध विद्रोह गरिरहेका विद्रोही पनि पर्छन् । 



रसियाले जुनसुकै बेला युक्रेनमा हमला गर्न सक्ने पश्चिमा मुलुकहरूले सावधानी दर्शाउँदै आएका छन् । तर, रसियाले ती देशको दाबी अस्वीकार गर्दै आएको छ । आफूहरूले सैन्य अभ्यास गरेको रुसको भनाइ छ । 

अमेरिकी राष्ट्रपति जो बाइडेनले रसियाली फौज युक्रेनको पूर्वी क्षेत्र र विद्रोहीको पकड रहेको दोनबासबाट मात्र नभई बेलारुसको तल्लो भाग र राजधानी किभ वरपरको क्षेत्रबाट युक्रेन प्रवेश गर्ने योजनामा रहेको पश्चिमा नेताहरूलाई जानाकारी दिएकोसमेत प्रधानमन्त्री जोनसनले बताए ।



  • प्रकाशित मिति : फागुन ८, २०७८ आइतबार ९:३३:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया