विश्वकै पहिलो हाई स्पिड टनेल सार्वजनिक हुँदै

एजेन्सी– बिलिनियर एलन मस्कको बोरिङ कम्पनीको पहिलो हाई स्पिड अन्डरग्राउन्ड टनेल बनाउने काम सकिएको छ । जसलाई १८ डिसेम्बरमा आमसर्वसाधारणका लागि खुला गरिने भएको छ । 

उक्त टनेल लस एन्जलसको हौथोर्नमा बनाइएको हो । कम्पनीले १० डिसेम्बरमा टनेल खुला गरिने जानकारी गराए पनि विविध कारणले स्थगित गरिएको हो । फलस्वरूप उक्त टनेलको सार्वजनिकसँगै भविष्यमा प्रयोग हुने ग्राउन्ड टु टनेल एलिवेटरको प्रति प्रदर्शन गरिने कम्पनीले जनाएको छ । जसअन्तर्गत इलेक्ट्रिक बस तथा कारलाई जमिनको सतहमुनि टनेलसम्म लैजान मद्दत गर्नेछ । 

बोरिङ कम्पनीले सोसियल मिडियामा उक्त पहिलो टनेल १८ डिसेम्बरमा सार्वजनिक गर्ने जानकारी दिएको छ । एलनले जानकारी दिएअनुसार सार्वजनिक गरिएको एक दिनपछि सर्वसाधारणले फ्री राइडको आनन्द लिन सक्नेछन् । 

कम्पनीका अनुसार अब टनेलमा १५० माइल प्रतिघण्टाको द्रुत गतिमा यात्रा गर्न सकिनेछ ।





  • प्रकाशित मिति : मंसिर २५, २०७५ मंगलबार १४:४७:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया