कार्यव्यवस्था समिति बैठक : एमसिसी टेबुल गर्ने निर्णयमा माओवादी प्रमुख सचेतकसहित तीन नेताको असहमति

अमेरिकी सहयोग परियोजना एमसिसी संसदमा टेबुल गर्ने विषयमा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले असहमति जनाएका छन् । 

प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिमा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ, सदस्य जयपुरी घर्ती र रेखा शर्माले एमसिसी सम्झौता टेबल गर्ने निर्णयमा असहमति राखेका हुन् ।

केही बुँदामा नेकपा माओवादी केन्द्रले आपत्ति जनाउँदै आएको उल्लेख गर्दै राष्ट्रिय सहमति कायम नभएको, संशोधन र परिमार्जनको कुनै सुनिश्चिता पनि नभएको र संसद अवरुद्ध नै रहेको भन्दै एमसिसी टेबुल गर्ने विषयमा उनीहरूले लिखित रूपमा असहमति जनाएका हुन् ।





  • प्रकाशित मिति : फागुन ८, २०७८ आइतबार १३:२२:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया