एमसिसी टेबल गर्ने विषयमा लचिलो भएका हौं, तर पारित गर्ने पक्षमा हाम्रो अडान कायमै छ : गजुरेल
फाइल फाेटाे

सत्तारूढ माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसदमा पास हुने अवस्था आएमा सरकार छाड्ने बताएका छन् ।

एमसिसी संसदमा टेबल गर्ने विषयमा मात्र आफ्नो पार्टी लचिलो भएको तर पूर्ववत् अडान भने कायमै रहेको उनले बताए । 

नेता गजुरेलले भने, ‘एमसिसी टेबल गर्ने विषयमा मात्र लचिलो भएका हौं, तर पारित गर्ने पक्षमा हाम्रो पार्टीको पूर्ववत् अडान कायमै छ । यदि एमसिसी पारित हुने अवस्था आयो भने हामी गठबन्धन सरकार छाड्छौं ।’

एमसीसीलाई संसदबाट अनुमोदन गर्ने विषयमा माओवादी केन्द्रमा दुई धार छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संसदीय समितिमा छलफलमा लगेर सबै दलको सहमतिमा संसदबाट अनुमोदन गर्नुपर्ने पक्षमा छन् । तर, अन्य नेता भने संसदबाट अनुमोदन नै गर्न नहुने पक्षमा छन्। 

एमसिसी सम्झौतालाई लिएर माओवादी केन्द्र सडकमा आन्दोलित अवस्थामा छ । 





  • प्रकाशित मिति : फागुन ८, २०७८ आइतबार १३:३७:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया