गुण–दोषका आधारमा सरकारलाई समर्थनः महतो

विराटनगर– राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले गुण र दोषको आधारमा सरकारलाई समर्थन गरिने बताएका छन् । 

विराटनगरमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले संविधान संशोधन नभएसम्म सरकारमा सहभागी हुने सम्भावना नरहेको स्पष्ट गरे । ‘‘सरकारलाई दिएको समर्थनको बारेमा अब बस्ने पार्टीको बैठकमा गम्भीर छलफल हुनेछ,’ उनले भने । 

संयोजक महतोले सरकार गठन भएको एकवर्ष पुग्न लाग्दा पनि आफूहरुको मागप्रति सरकार उदासीन देखिएको भन्दै रेशम चौधरीलगायत मधेस आन्दोलनमा पक्राउ परेका बन्दीको रिहाइ गर्न आग्रह गरे । उनले संघीय समाजवादी फोरम र राजपाबीच एकताको सम्भावना नरहेको प्रस्ट पारे । 





  • प्रकाशित मिति : मंसिर २५, २०७५ मंगलबार १६:३०:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया