धनगढीमा लैंगिक हिंसाविरुद्धको अभियान

धनगढी– ‘लैंगिक हिंसा र दुर्व्यहारः छैन हामीलाई स्वीकार’ भन्ने मूल नारासाथ धनगढीमा मंगलबारबाट औपचारिक रुपमा सुदूरपश्चिम प्रदेशस्तरीय लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान थालिएको छ । अभियानको क्रममा ‘लैंगिक हिंसा अन्त्य गर्न सरोकारवाला निकायको जिम्मेवारी र भूमिका विषयमा आयोजित अन्तरक्रियामा सुदूरपश्चिम प्रदेशका स्थानीय तह, जिल्ला समन्वय समितिका पदाधिकारी, प्रदेशसभा सदस्य र सांसद लगायत सहभागी छन् । 

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले अभियानको शुभारम्भ गर्दै समाजलाई हिंसामुक्त बनाउन र सबै खाले विकृतिको अन्त्य गर्न सरकारले यो अभियान थालेको स्पष्ट पारिन् । सुखी नेपाली र समृद्ध नेपाल बनाउने अभियानमा सरकार लागि परेको भन्दै मन्त्री थापाले भनिन्, ‘समाजमा सदियौँ देखिको व्याप्त विकृति विसंगति, सामन्ती सोच संस्कारको अन्त्य गर्नमा सबैले सघाउनुपर्छ ।’ 

निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटनाले सरकारलाई चिन्तित बनाएको उल्लेख गर्दै उनले भनिन, ‘कुनै पनि हालतमा निर्मला पन्तका हत्यारा छुट्न पाउँदैनन् ।’ सांसद निरुदेवी पाल, प्रदेशसभाका सभामुख अर्जुनबहादुर थापा, प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाह, प्रदेशसभा सदस्य तारालामा तामाङ, मन्त्रालयका सचिव बुद्धिबहादुर खड्कालगायतले पनि लैंगिक हिंसा न्यूनीकरणका विषयमा धारणा राखेका थिए । 

साविकमा जिल्लामा रहेका महिला बालबालिका कार्यालयले लैंगिक हिंसाविरुद्धको कार्यक्रम गर्ने गरेकोमा यस वर्ष सरकारको निर्णयअनुसार छुट्टै देशव्यापी रुपमा यो अभियान चलाइएको मन्त्रालयका उपसचिव मिठू थापाले बताइन् । 
 





  • प्रकाशित मिति : मंसिर २५, २०७५ मंगलबार १७:४:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया