पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : आज पनि वर्षा र हिमपातको सम्भावना
फाइल तस्बिर

आज पनि देशका केही भू-भागमा वर्षा र हिमपातको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो देशको पहाडी भू-भागको केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको हो । 

उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा भने हल्का हिमपातको पनि सम्भावना रहेको मौसमविदले जनाएका छन् । आज राति देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । 

प्रदेश–१, बागमती प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा भने हल्का हिमपातको सम्भावना छ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै रहेको महाशाखाले जनाएको छ । 





  • प्रकाशित मिति : फागुन ९, २०७८ साेमबार ७:५५:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया