वर्तमान सरकारको विकल्प छैनः प्रचण्ड

पोखरा– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले वर्तमान सरकारको विकल्प नरहेको बताएका छन्  । कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले नेपाली जनताले आशा एवं भरोसा गरेअनुरुप नै सरकार अघि बढेको बताए । 

पार्टीले निर्वाचनका समयमा गरेका प्रतिबद्धताअनुरुप नै सरकारले आगामी बजेट निर्माण गर्ने उनले जानकारी गराए । सामाजिक सुरक्षा, विकास निर्माण लगायतमा व्यक्त चासोलाई सम्बोधन गर्ने गरी अघि बढिने उनले उल्लेख गरे । 

मुलुकमा स्थायी सरकार भएकै कारण दुवै छिमेकी राष्ट्रबीच सुसम्बन्ध कायम भएको उल्लेख गर्दै उनले आपसी सम्बन्ध अझै प्रगाढ बन्दै गएको बताए । दुई पार्टीबीचको एकीकरण प्रक्रिया तल्लो तहसम्म नै बढिरहेको जानकारी दिँदै पूर्वप्रधानमन्त्री प्रचण्डले यही २९ गते बस्ने स्थायी कमिटी बैठकबाट जिल्ला एवं भातृसंगठनको नेतृत्व चयन गरिने बताए । 

सिक्लेसबाटै शान्ति प्रक्रियाको सुरुआत भएको स्मरण गर्दै उनले पोखराबाट सिक्लेस जोड्ने बाटोलाई पक्की बनाउन पहल गरिने प्रतिबद्धता जनाए । 





  • प्रकाशित मिति : मंसिर २५, २०७५ मंगलबार १७:४५:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया