कांग्रेस-एमालेका दुई दर्जन नेताकार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

नेपाली कांग्रेस र नेकपा एमालेका करिब दुई दर्जन नेता तथा कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।  

उनीहरूलाई आज बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा स्वागत गरेका हुन् । सो अवसरमा अध्यक्ष प्रचण्डले देशभर माओवादी केन्द्रमा फर्किने र प्रवेश गर्ने लहर नै चलेको दाबी गरे । 

माओवादी प्रवेश गर्नेहरूमा नेकपा एमालेमा रहेका रौतहट जिल्ला मोलापुर नगरपालिकाका कार्यपालिका सदस्य कामेश्वरप्रसाद साह, सुदूरपश्चिमबाट नेपाली कांग्रेसमा क्रियाशील पूर्वशिक्षक जयराज भट्ट, व्यवसायी विष्णु भट्ट र पत्रकार विनोदप्रसाद भट्टलगायत रहेका छन् । 





  • प्रकाशित मिति : फागुन ९, २०७८ साेमबार १०:१९:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया