संयमित भएर आलोचना गर्न पत्रकारलाई परराष्ट्रमन्त्रीको आग्रह

काठमाडाैं–परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पत्रकारलाई प्रधानमन्त्रीको भाषण पढ्न आग्रह गरेका छन् । सञ्चारमाध्यमले एसिया प्यासिफिक सम्मेलनको विरोध गरेर लेखेकोप्रति आपत्ति जनाउँदै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनमा दिएको भाषण पढ्न आग्रह गरेका हुन् । 

परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले भने, ‘एकचोटि साथीहरूले प्रधानमन्त्रीले दिनुभएको स्टेटमेन्ट अध्ययन गर्नुहोस् ।’ पत्रकारले प्रधानमन्त्रीले सम्मेलनमा दिएको भाषण अध्ययन गरेपछि सम्मेलनको विरोध गर्न छाड्ने तर्क दिँदै उनले भने, ‘एकचोटि अध्ययन गर्नुहोस्, त्यसपछि मलाई लाग्छ, यो विषयमा पुनर्विचार गर्नुहुन्छ ।’

एसिया प्यासिफिक सम्मेलनको चौतर्फी विरोध भएपछि सरकार निरन्तर सम्मेलनको बचाउ गर्दै आएको छ । ज्ञवालीले पनि सम्मेलनले नेपाललाई अन्तर्राष्ट्रिय जगत्मा परिचित गराएको बताउँदै उनले यसलाई एउटा सामान्य सम्मेलनका रूपमा मात्रै लिनुपर्ने जिकिर गरे । उनले भने, ‘नेपालका निम्ति एसिया प्यासिफक समिट एउटा समिट मात्रै हो । यस्ता धेरै समिट नेपालमा हुन्छन् ।’

नेपाललाई अन्तर्राष्ट्रिय समुदायमा परिचित गराउन सरकारले नेपालमा सम्मेलन गर्ने प्रस्ताव स्वीकार गरेर सम्मेलनका लागि सहयोग गरेको बताउँदै उनले प्रश्न गरे, ‘नेपाललाई अन्तर्राष्ट्रिय समुदायमा परिचित गराउने यस्तो राम्रो कुराको किन विरोध हुन्छ, हाम्रो ध्यान कता छ ?’

यति भनिरहँदा ज्ञवालीले सरकारले केही कमजोरी गरेको तर्फ संकेत पनि गरे । ज्ञवालीले भने ‘सरकारले मयार्दाको रेखा नाघेको हो, भने खुल्ला छलफल गरौँ ।’ 

सञ्चारमाध्यमले सम्मेलन र सरकारको अत्यधिक आलोचना गरेको भन्दै उनले सञ्चारमाध्यमलाई संयमित भएर आलोचना गर्न पनि भने । उनले भने, ‘आलोचना गर्न सकिन्छ, तर अहिले त सरकारले पापाचार गरेजस्तो गरियो ।’





  • प्रकाशित मिति : मंसिर २५, २०७५ मंगलबार १८:२७:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया