जनसंख्या बढाउन बेइजिङमा ल्याइयाे यस्ता नीति

चीनकाे राजधानी बेइजिङमा सरकारको सहयोगमा सञ्चालित मेडिकल बीमा योजनामा एक दर्जनभन्दा बढी प्रजनन सेवाहरू समेटिने भएका छन् । 

चीनको जन्मदर घटिरहेका बेला बच्चा जन्माउन चाहने दम्पतीलाई सहयोग गर्ने पहलस्वरूप थप प्रजनन् सेवाहरू समेटिन लागिएको हो ।

सहायता प्रजनन प्रविधि (एआरटी) प्रयोग गरेर कुल १६ मेडिकल सेवालाई २६ मार्चदेखि सहरको राज्य बीमाले समेट्ने जनाइएको छ । सुरक्षात्मक प्रजनन उपाय चाल्ने एउटा कदमस्वरूप धेरै मेडिकल सेवालाई बीमामा समेट्न लागिएको बेइजिङ डेलीले जनाएको छ ।

नयाँ प्रजनन योजनाले सेवाग्राहीको खर्च घटाउने र बच्चा जन्माउन खोज्ने कम आय भएका दम्पतीलाई फाइदा पुग्ने विश्वास गरिएको छ । त्यस्तै, नयाँ योजनाले निजी मेडिकल बीमामा थोरै पहुँच वा पहुँच नै नभएकालाई सहयोग गर्नेछ । 

सरकारी तथ्यांकअनुसार चीनको जन्मदर सन् २०२१ मा दशकौंपछि पहिलो पटक ह्वात्तै गिरावट आएको छ । गत वर्ष राष्ट्रिय सरकारले दम्पतीहरूलाई तीनवटा बच्चाहरू जन्माउन अनुमति दिएको थियो ।
 





  • प्रकाशित मिति : फागुन ९, २०७८ साेमबार १४:४७:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया