नागरिकले परिवर्तन महसुस गर्नेगरी काम गर्न मन्त्री श्रेष्ठले दिइन् निर्देशन
फाइल फाेटाे

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले नागरिकप्रति उत्तरदायी र जिम्मेवार भएर काम गर्न भूमि व्यवस्थापन तथा अभिलेख विभागलाई निर्देशन दिएकी छन् ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागको आज अनुगमन तथा निरीक्षण गर्दै मन्त्री श्रेष्ठले मालपोत कार्यालयहरूप्रति जनतामा बसेको छविसँग मन्त्रालय र सरकारको पनि छवि जोडिएकाले यसमा सुधार गर्न इमान्दार भएर काममा लाग्नु आवश्यक रहेको बताएकी हुन् ।

उनले मालपोत लगायतका कार्यालयहरू नागरिकसँग प्रत्यक्ष जोडिएको सेवा प्रदायक संस्था भएकाले जनताले परिवर्तन महसुस गर्ने र देखिने गरी काम गर्न विभागलाई निर्देशन पनि दिइन् ।

विभागले नागरिकका पक्षमा काम गर्दा आइपर्ने नीतिगत र व्यवहारिक समस्या छन् भने त्यो समाधान गरेर कानुनी व्यवधान फुकाउन मन्त्रालय सधैव तयार रहेको मन्त्री श्रेष्ठकाे भनाइ छ ।

छोटो समयमा कर्मचारीको सरुवा हुने प्रवृत्तिले सेवा प्रवाहमा समस्या उत्पन्न भइरहेको भन्दै कर्मचारी सरुवालाई चक्रिय प्रणालीमा लैजानु पर्ने र त्यसको सुरुवात गर्न समेत उनले भूमि व्यवस्थापन तथा अभिलेख विभागलाई आग्रह गरिन् ।





  • प्रकाशित मिति : फागुन ९, २०७८ साेमबार १६:०:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया