निर्वाचन आयोगमा दर्ता भए १० नयाँ पार्टी

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सहभागी हुन नयाँ १० राजनीतिक पार्टी निर्वाचन आयोगमा दर्ता भएका छन् । 

आयोगले यही फागुन ५ गते पार्टी दर्ताको लागि आह्वान गरेको थियो । सोही अनुसार नयाँ पार्टी आयोगमा दर्ता भएका हुन् । 

दर्ता भएका नयाँ पार्टीमा जनमत पार्टी, मंगोल नेसनल अर्गानाइजेसन, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय नागरिक पार्टी, जनता प्रगतिशील पार्टी, नेपाल, नेपाल लोकतान्त्रिक पार्टी, देशभक्त समाज, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, तराई-मधेस लोकतान्त्रिक पार्टी र मौलिक जरोकिलो पार्टी रहेका छन् ।  

‘आयोगमा हालसम्म दर्ता हुने राजनीतिक दलहरूको संख्या १०९ पुगेको छ’, आयोगद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । 





  • प्रकाशित मिति : फागुन ९, २०७८ साेमबार १७:२५:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया