\
लमजुङको बेसीसहर केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराति २ बजेर २२ मिनेट जाँदा बेँसीशहर नगरपालिका–१० बाँझखेत केन्द्रबिन्दु बनाएर तीन दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको हो ।
लमजुङ भूकम्पको जोखिम रहेको र यहाँ भूकम्प जाने क्रम चलिरहने अनुसन्धान केन्द्रले जनाएको छ ।
जिल्लामा यसअघि गएको २३ माघमा दोर्दी गाउँपालिका–८ बन्सार केन्द्रबिन्दु तीन दशमलव दुई रेक्टर स्केलकै भूकम्प गएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।