आज प्रदेश-१ को नाम टुंगो लाग्नसक्ने, बोलाइयो सर्वदलीय बैठक

प्रदेश–१ ले नामाकरणको टुंगो लगाउन सर्वदलीय बैठक बोलाएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अपराह्न १२ बजे बोलाइएको बैठकमा पाँच दलीय गठबन्धनमा आवद्ध दलका शीर्ष नेता सहभागी हुनेछन् ।

प्रदेशसभा गठन भएको चार वर्ष बितिसक्दा पनि पहिचानका आधारमा कि भूगोल वा अन्य विषयलाई सम्बोधन गरेर प्रदेशको नामाकरण गर्ने भन्ने विषयमा सहमति हुन नसक्दा प्रदेश–१ को नामाकरण हुन सकेको छैन ।

नेकपा एमालेका सांसद शेरधन राई नेतृत्वको सरकारले पटकपटक नामाकरणका बारेमा छलफल गरे पनि निष्कर्ष दिन सकेन । सोही विषयलाई सोही पार्टीबाट विभाजित भएको नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्र राई नेतृत्वको सरकारले सर्वदलीय बैठकबाट सहमति गरेर नामाकरणको निष्कर्ष निकाल्ने प्रयास गरेको हो ।

लिम्बुवान, सगरमाथा, कोशीलगायतका नाम सांसदले औपचारिक वा अनौपचारिक रूपमा प्रस्तुत गरेको छ । यद्यपि, राजनीतिक दलबीच सहमति हुन सकेको छैन । 

सर्वदलीय बैठकमार्फत नाम टुंगोमा पुर्‍याउने प्रयास भइरहेको स्वास्थ्यमन्त्री जयराम यादवले जानकारी दिए । देशमा हालसम्म प्रदेश–१ ले मात्र नाम जुराउन सकेको छैन ।  





  • प्रकाशित मिति : फागुन १०, २०७८ मंगलबार ९:४०:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया