अडियो बाहिरिएपछि पल भन्छन्- आफ्नै प्रतिस्पर्धीले समीक्षालाई मेराविरुद्ध बोल्न लगायो

गायिका समीक्षा अधिकारीसँगको सम्बन्धबारे अडियो बाहिरिएपछि अभिनेता पल शाहले प्रतिक्रिया जनाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत बाहिरिएको अडियो सम्वादबारे प्रतिक्रिया जनाएका हुन् । पलले फरक प्रसंग र चलचित्रमा अभिनय गर्ने भन्ने क्रममा रेकर्ड गरिएको सम्वादलाई वास्तविक जीवनमा जोड्न खोजिएको बताएका छन् ।

‘प्रसारित अडियो रेकर्डमा बज्ने आवाज मेरो आवाजसँग मिलेको जस्तो भएता पनि उक्त आवाज मेरो हो भन्नेमा पूर्ण शंका रहेको, प्रविधिको कुटिल प्रयोगमार्फत जस्तोसुकै र जोसुकैको आवाजलाई भिन्न-भिन्न ढंगबाट प्रयोग गर्न सकिने कुरा सामान्य भइसकेको छ,’ पलले फेसबुकमा लेखेका छन्, ‘यहाँ पनि फरक प्रसंग तथा चलचित्रमा अभिनय गर्ने भन्ने क्रममा रेकर्ड गरिएका सम्वादहरूलाई हाम्रो वास्तविक जीवनसँग जोड्ने प्रयासमा रहनु भएका मेरा केही पुरुष सहकर्मी (व्यावसायिक प्रतिस्पर्धी) ले निज गायिकालाई मेराविरुद्ध बोल्न, प्रमाण सिर्जना गर्न लगातार उकास्ने गरेको जानकारी मलाई थियो, निज निर्दोष गायिकाले मेरा पुरुष सहकर्मीहरूले उकासे बमोजिम नै गर्दै गएको भन्ने कुरा पछिल्लो मिडिया रिपोर्टले थप पुष्टि गरेको छ ।’

उनले आफूविरुद्ध आएका समाचार वास्तविकताभन्दा टाढा रहेकाले भ्रमा नपर्न पनि अपिल गरेका छन् । ‘एक अविवाहित गायिका, नायिका र उच्च शिक्षा पढ्दै गरेकी कसैको छोरी चेलिबेटीको नाम र तस्बिरसमेत सार्वजनिक गर्दै मसँग हुँदै नभएको प्रेम र विवाहका समाचार बनाएर हाम्रो चरित्र हत्या गर्न कुनै पनि मिडियालाई छुट हुँदैन, हुनु हुँदैन,’ पलले भनेका छन् ।    






  • प्रकाशित मिति : फागुन १०, २०७८ मंगलबार १२:११:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया