च्याम्पियन्स लिगः टोटनह्याम र बार्सिलोनाले बराबरी खेले

एजेन्सी– युइएफए च्याम्पियन्स लिग फुटबलमा मंगलबार राति भएको खेलमा टोटनह्यामले बार्सिलोनालाई बराबरीमा रोकेको छ । 

टोटनह्यामले बार्सिलानाको घरेलु मैदानमा भएको खेलमा उसलाई १–१ मा रोकेको हो । बराबरीसँग टोटनह्याम प्रिक्वार्टरफाइनल पुगेको छ । बार्सिलोना भने यसअघि नै प्रिक्वार्टरफाइनल पुगिसकेको थियो । 

समूह बी अन्तर्गतको खेलमा बार्सिलोनाका ओस्मान डेम्बेलेले खेल सुरु भएको सातौं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन् । टोटनह्यामका लागि लुकास मौराले खेल सकिन पाँच मिनेट बाँकी छँदा गोल गर्दै खेललाई बराबरीमा ल्याएका हुन् ।

सोही  समूहमा रहेको इन्टर मिलानसँग अंक बराबरी गरेको टोटनह्याम हेड टु हेडका आधारमा अन्तिम १६ प्रवेश गरेको हो । 
 





  • प्रकाशित मिति : मंसिर २६, २०७५ बुधबार ९:५२:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया