स्थानीय तह निर्वाचनमा जुट्यो पोखरा कांग्रेस
फाइल तस्वीर

नेपाली कांग्रेस पोखरा महानगरपालिका कार्यसमिति आगामी स्थानीय तहको निर्वाचनको घोषणापत्र तयारीमा जुटेको छ । 

कांग्रेस पोखरा महानगरपालिका कार्यसमितिका सचिवद्वय गणेशबहादुर थापा र टुवराज बास्तोला ‘विशाल’ले संयुक्त रुपमा प्रेश विज्ञप्ति जारी गरी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि घोषणापत्र बनाउने तयारी गरेको जानकारी दिए । 

कार्यसमितिले घोषणापत्र निर्माणमा राजनीतिक कार्यकर्ता, युवा, विद्यार्थी, पत्रकार तथा नगरप्रेमी बुद्धिजिवीको सक्रिय सहभागिताको अपेक्षा गरेको छ । महानगरका लागि आवश्यक योजनाबारे सुझाव दिन महानगरले आग्रह गरेको छ । 

कांग्रेसको सम्वन्धित समितिको सिफारिसमा केन्द्रीय कार्यसमितिले उम्मेदवारको अन्तिम टुंगो नलगाएसम्म पार्टीको नाम जोडेर सामाजिक सञ्जाल तथा समाचारमार्फत उम्मेदवारीको घोषणा नगर्न नगराउन पनि पोखरा महानगरपालिकाले अनुरोध गरेको छ । 





  • प्रकाशित मिति : फागुन १०, २०७८ मंगलबार १४:४७:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया