जनकपुरधाममा जनमतको सरकारविरुद्ध प्रदर्शन, माग पूरा नभए निर्वाचन अवरुद्ध पार्ने चेतावनी

जनमत पार्टीका कार्यकर्ताले मंगलबार जनकपुरधाममा सरकारविरुद्ध प्रदर्शन गरेका छन् । 

जनमत पार्टीको आह्वानमा पार्टीका कार्यकर्ताले संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारविरुद्ध चर्को नाराबाजी गर्दै विरोध र्या‍ली निकालेका हुन् ।
किसानको समस्यालाई सम्बोधन गर्न विभिन्न ११ बुँदे मागसहित करिव दुई महिनादेखि आन्दोलनरत जनमत पार्टीका कार्यकर्ताले निकालेको विरोध र्या‍ली नगरको विभिन्न भागको परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि पुगेर नाराबाजी गरेका थिए ।   

रासायनिक मल र बिउ बिजनको अभावमा कतिपय किसानको खेत अझै बाँझो रहेको र नगदे बालीका रूपमा रहेका उखु किसानको बक्यौता रकम तथा उचित मूल्य निर्धारण हुन नसक्दा किसान खेतीपाती गर्नबाट विस्थापित भई पलायन हुने अवस्थामा पुगेकोले किसानको माग अविलम्ब सम्बोधन गर्न जनमतले माग गरेको छ ।

जनमत पार्टीको धनुषा जिल्ला संयोजक ओमविक्रम कुशवाहाले किसानका माग पूरा नभए निर्वाचनमा अवरोध गर्ने चेतावनी दिएका छन् । आफूहरूले किसानका मुद्दा सम्बोधन नभए स्थानीय तहको निर्वाचनमा अवरोध गर्ने उनले चेतावनी दिएका हुन् ।

जनमत पार्टीले किसानलाई समयमा नै मल उपलब्ध गराउनुपर्ने, सिँचाइको व्यवस्था वा कृषि बिजुली निःशुल्क गर्नुपर्ने, किसानलाई समेत पेन्सनको व्यवस्था गर्नुपर्ने लगायतका ११ बुँदे माग राखेको छ ।





  • प्रकाशित मिति : फागुन १०, २०७८ मंगलबार १५:२१:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया