लोकगायक तथा कलाकार जयनन्द लामाको निधन

चर्चित लोकगायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । लामाको आज बिहान भक्तपुरस्थित कौशलटारमा निधन भएको हो । सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका–२ धार्पा निवासी उनी आज बिहान घरको गेटमै गाडीबाट लडेको अवस्थामा मृत फेला परेका थिए । 

लामाले दर्जनौं मौलिक गीतमा आवाज दिनुका साथै धेरै चलचित्रमा अभिनय पनि गरेका छन् । लामाका कलकत्ते काइँयो केश मेरो बाँगो, पानी पर्‍यो बलेसी, हेलम्बु डाँडापारि, मेरो माया छ भने त्यता, लौन हजुर के गरौं नक्कलीलाई पातलीलाई कसरी बे गरुँ, चुईं चुईं चुइँकने जुत्ता, केको साँचो डल्ली रेशम फलामको साँचो, पानको पात, सलल पानी यही बस्यो बानी आँखैमा गाँजलु काखैमा मादलुजस्ता दर्जनौं लोकगीत अहिले पनि लोकप्रिय छन् ।

उनले ‘मनको बाँध’, ‘छक्कापञ्जा’लगायत चलचित्रमा पनि अभिनय गरेका छन् । पछिल्लो समय उनले टेलिश्रृखंला ‘हल्का रमाइलो’ मा अभिनय गरिरहेका थिए ।    





  • प्रकाशित मिति : फागुन ११, २०७८ बुधबार ८:२१:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया