प्रचण्डले गरे ठाकुरकाे गीती संग्रह ‘जनता के गीत गावत रहेम’को लोकार्पण

लेखक डा. गोपाल ठाकुरको भोजपुरी भाषामा लेखिएको ‘जनता के गीत गावत रहेम’ गीती संग्रहको लोकार्पण भएकाे छ । मंगलबार काठमाडौंमा एक कार्यक्रमका बीच नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले उक्त गीती संग्रहको लोकार्पण गरेका हुन् ।

पुस्तकको लोकार्पण गर्दै अध्यक्ष प्रचण्डले गीती संग्रहमा श्रमजीवी वर्ग र उनीहरूको विचारलाई केन्द्रित गरेर लेखिएका गीतहरू समावेश गरिएको आफूले पाएको बताए। 

पार्टी र संगठनको जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्ने ठाकुरले रचना सिर्जनाको माध्यमबाट जनचेतना जगाउन महत्वपूर्ण भूमिका खेलिरहेको पनि अध्यक्ष प्रचण्डले बताए।

ठाकुर वर्गीय बहुआयामिक प्रतिभाको धनी भए पनि क्षमताअनुसार उहाँलाई सबैले आत्मसात् नगरेका हुन् कि भन्ने आफूलाई लागेको प्रचण्डकाे भनाइ छ ।

उनले भने, ‘उहाँ पिछडिएको भनिने समुदायबाट आउनुभएको छ, सोही वर्गको प्रतिनिधित्व गर्दै रचना सिर्जना गर्नुहुन्छ । सायद यही कारणले पनि मानिसहरूले उहाँको बहुआयामिक क्षमताको जति आत्मसात् गर्नुपर्थ्याे, त्यति आत्मसात गर्न नसकेको जस्तो मलाई लाग्छ ।’

भोजपुरी भाषामा रहेको पुस्तक ‘जनता के गीत गावत रहेम’को अर्थ म जनताको गीत गाइरहनेछु भन्ने रहेको लेखक डा. गोपाल ठाकुरले जानकारी दिए ।



पुस्तकमा २०३९ सालदेखि अहिलेसम्म लेखिएका ६१ वटा गीतहरू समावेश गरिएको छ। अधिकांश गीतह लोकलयमा आधारित रहेको र केही गीतहरू आफूले संगीत राखेर रेकर्ड गर्ने तयारी भइरहेको उनकाे भनाइ छ ।



  • प्रकाशित मिति : फागुन ११, २०७८ बुधबार ९:४३:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया