प्रचण्डको टिप्पणी : प्रतिक्रान्तिकारीहरू सत्ता उल्ट्याउन षडयन्त्र रचिरहेका छन्
‘हामी सबै प्रपञ्चको जालो चिरेर विजयी हुनेछौं’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्ककमल दाहाल प्रचण्डले अहिले नेपालमा क्रान्ति र प्रतिक्रान्तिकारीहरूबीच संघर्ष चलिरहेको टिप्पणी गरेका छन् ।

अध्यक्ष प्रचण्डले विश्व इतिहासलाई नेपालसँग जोड्दै हरेक क्रान्तिपछि प्रतिक्रान्तिकारीहरू फेरि पुरानै सत्ता उल्ट्याउन भरमग्दुर कोशिस गर्ने बताएका छन् । 

अध्यक्ष प्रचण्डको अफिसियल फेसबुक पेजमा एक कभर फोटो सेयर गर्दै प्रचण्डले लेखेका छन्, ‘विश्व इतिहासमा हरेक क्रान्तिपछि प्रतिक्रान्तिकारीहरू फेरि पुरानै सत्ता उल्ट्याउन भरमग्दुर कोशिस गर्छन् । अहिले नेपालमा पनि क्रान्ति र प्रतिक्रान्तिकारीहरूबीच संघर्ष चलिरहेको छ ।’

अमेरिकी सहयोग परियोजना (एमसिसी) संसदमा टेबल भएपछि सत्ता गठबन्धन धर्मराइरहँदा प्रचण्डले आफूहरूविरुद्ध कैयन षडयन्त्र रचिएको बताएका छन् । 

उनले भनेका छन्, ‘उनीहरूले कैयन षडयन्त्र रचिरहेका र भ्रम छरिरहेका छन् । तर, हामी ती सबै प्रपञ्चको जालो चिरेर विजयी हुनेछौं ।’

अध्यक्ष प्रचण्ड बेला बेलामा क्रान्ति र प्रतिक्रान्ति शब्दहरू जोडेर अर्थपूर्ण अभिव्यक्ति दिइरहेका हुन्छन् । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा कांग्रेससँगको गठबन्धन जोगाउन माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरूको दौडधुप छ । 



उता, प्रधानमन्त्री ओली जसरी पनि अब बस्ने संसदबाट एमसिसी पास गराउने रणनीति स्वरूप भेटघाट तीव्र बनाएका छन् । 

प्रधानमन्त्री देउवालाई भेट्न एमाले अध्यक्ष केपी शर्मा ओली हिजोमात्रै बालुवाटार पुगेका थिए । बालुवाटारमा भएको छलफलमा एमसिसी पास गर्न देउवाले सघाउन आग्रह गरेको एमाले नेताहरूले बताएका थिए । 



यद्यपि आफूहरूको माग सम्बोधन नभई कुनै सहयोग नगर्ने ओलीका स्वकीय सचिव रामशरण बजगाईंले फरकधारलाई बताएका छन ।
 

  • प्रकाशित मिति : फागुन ११, २०७८ बुधबार १२:४८:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया