पलविरुद्ध समीक्षाले दिइन् तनहुँ प्रहरीमा उजुरी
फाइल तस्वीर

अभिनेता पल शाहविरुद्ध उजुरी परेको छ । उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा बलात्कारको आरोपमा उजुरी परेको हो ।

गायिका समीक्षा अधिकारीले पलविरुद्ध विवाह गर्छु भन्दै फकाएर जबरजस्ती यौन सम्बन्ध राखेको भन्दै उजुरी दिएकी हुन् । पलविरुद्ध जबरजस्ती करणी मुद्दामा उजुरी परेको प्रहरी स्रोतको भनाइ छ ।

समीक्षाले दिदी-भिनाजूसहित जिल्ला प्रहरी कार्यालय तनहुँ पुगेर उजुरी दिएको बताइएको छ ।

पल र समीक्षाको सम्बन्धबारे केही दिनदेखि गसिप भइरहेको छ । समीक्षाले पलसँगको सम्बन्धका बारेमा सञ्चारमाध्यममा बोलेकी थिइन् । उनले आफूहरूबीचको सम्बन्धका बारेमा बाहिर नबोल्न पलले सहयोगी लगाएर तर्साएर दाबी गरेकी थिइन् ।

त्यसपछि पलले पनि आफ्नै प्रतिस्पर्धीले समीक्षालाई उक्साएको टिप्पणी गरेका थिए । उनले सामाजिक सञ्जाल फेसबुकमा लामो नेट लेख्दै समीक्षालाई आफूहरूसँग सबुद प्रमाण रहेको बताएका थिए ।






  • प्रकाशित मिति : फागुन ११, २०७८ बुधबार १७:२६:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया