पलविरुद्ध उजुरीपछि समीक्षाले गरिन मेडिकल चेकअप

अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा किटानी जाहेरी दर्ता गराएकी गायिका समीक्षा अधिकारीले मेडिकल चेकअप गरेकी छन् ।

अधिकारीले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी दिएकी छन् । त्यस लगत्तै उनले मेडिकल चेकअप गरेकी हुन् ।

यसअघि जिल्ला प्रहरी कार्यालय, कास्कीमा शाहविरुद्ध जाहेरी दिएकी अधिकारीले त्यहाँस्थित प्रहरीले घटनास्थल तनहुँ भएकाले तनहुँमै दर्ता गर्न सुझाव दिएको थियो । सोही सुझाव अनुरुप अधिकारीले आज तनहुँ प्रहरीमा उजुरी दिएकी छन् ।

एउटा म्यूजिक भिडियोको सुटिङका क्रममा तनहुँ गएका बेला शाहले फकाएर आफूमाथि करणी गरेको उनको आरोप छ । १८ वर्षभन्दा कम उमेरकी अधिकारीले शाहले आफूमाथि फकाएर करणी गरेको दाबी गर्दै आएकी छन् । न्युज कारखाना





  • प्रकाशित मिति : फागुन ११, २०७८ बुधबार १८:२४:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया