फिल्म 'गंगुबाई काठियावाडी'को नाम फेर्न भारतीय सर्वोच्च अदालतको निर्देशन
फाइल तस्वीर

भारतीय सर्वोच्च अदालतले ‘गंगुबाई काठियावाडी’का निर्मातालाई फिल्मको नाम फेर्न निर्देशन दिएको छ । यो फिल्म शुक्रबारबाट रिलिज हुँदैछ ।

न्‍यायाधीशद्वय इन्दिरा बनर्जी र जेके महेश्वरीको डिभिजन बेन्चले सञ्जय लीला भन्सालीका वकिल सिद्धार्थ दवेलाई अदालतको निर्देशन निर्मातालाई जानकारी गराउन भनेको बिबिसी हिन्दीले उल्लेख गरेको छ ।

आफूलाई गंगुबाई काठियावाडीका धर्मपुत्र भन्ने बाबुजी रावजी शाहले यस सम्बन्धमा सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

बाबुजी रावजी शाह यसअघि मुम्बई उच्च अदालत पुगेका थिए तर त्यहाँ उनको याचिका खारेज भएको थियो । त्यसपछि उनले सर्वोच्च अदालतको ढोका ढक्ढकाएका थिए ।

यस फिल्मको नामबाहेक बाबुजी रावजी शाहले अन्य धेरै कुरामा पनि आपत्ति जनाउँदै फिल्मको प्रदर्शन रोक्न माग गरेका छन् । सर्वोच्च अदालतले बिहीबार यस विषयमा सुनुवाइ गर्नेछ ।

भन्साली प्रोडक्सनमा बनेको यो फिल्ममा आलिया भट्टले मुख्य भूमिका निभाएकी छिन् । यस फिल्मका निर्देशक सञ्जय लीला भन्साली हुन् ।



फिल्म १९६० को दशकमा मुम्बईको कामाठीपुरामा वेश्यालय चलाउने गंगुबाईको जीवनबाट प्रेरित छ । यो फिल्म माफिया क्विन अफ मुम्बई नामको किताबमा आधारित छ, जसलाई एस. हुसेन जैदी र जेन बोर्जेसले लेखेका थिए ।

गंगुबाईको वास्तविक नाम गंगा हरजीवनदास काठियावाडी थियो । उनी गुजरातको काठियावाडमा जन्मिएकी थिइन् र त्यहीँ हुर्किएकी थिइन् ।



  • प्रकाशित मिति : फागुन ११, २०७८ बुधबार १९:१९:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया