पलले सार्वजनिक गरे आफूलाई फसाउन खोज्ने चारजनाको नाम

अभिनेता पल शाहले आफूलाई षड्यन्त्रपूर्व फसाउन खोज्ने व्यक्तिहरूको नाम सार्वजनिक गरेका छन् । उनले आज सामाजिक सञ्जालमार्फत आफू र एक गायिकासँगको सम्बन्धबारेको अडियो सार्वजनिक भएपछि आफूलाई फसाउन खोज्ने व्यक्तिको नाम सार्वजनिक गरेका हुन् ।

पलले आफूलाई दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईंले फसाएको बताएका छन् । उनले आफू दोषी भएमा कानुन बमोजिम सजाय भोग्न तयार रहेको पनि उल्लेख गरेका छन् ।

‘यदी म दोषी भए नेपालको कानुनबमोजिम सजाय भोग्न तयार छु । र, जुन व्यक्तिहरूले गायिका समीक्षा अधिकारीलाई प्रयोग गरेर नियोजित ढंगले षड्यन्त्र गर्ने ति व्यक्तिहरूको नाम यस प्रकार रहेको छ । साथी दुर्गेश थापा, ठूल्दाई सरोज ओली, भाइ कृष्ण जोशी र सम्राट चौलागाईं,’ पलले लेखेका छन् । 

साथै, उनले आफूलाई फसाउन खोज्दा तयार पारिएको अडियो पनि सार्वजनिक गरेका छन् । 






  • प्रकाशित मिति : फागुन १२, २०७८ बिहीबार ८:४७:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया