तीन दलका शीर्ष नेतासँगको छलफलपछि बालुवाटार छिरे प्रचण्ड

सत्ता साझेदारी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । सिंहदरबारमा तीन दलका शीर्ष नेताहरूसँगको छलफलपछि उनी बालुवाटार प्रवेश गरेका हुन् । 

बालुवाटार जानुअघि प्रचण्डले नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरूसँग कुराकानी गरेका थिए । तीन दलका शीर्ष नेताहरूबीच अमेरिकी सहयोग परियोजना एमसिसीबारे छलफल भएको बताइएको छ । 

आज नै प्रतिनिधिसभा बैठक बस्दैछ । बैठकमा एमसिसीबारे छलफल हुँदैछ । त्यसअघि सत्ता गठबन्धनका शीर्ष नेताहरू छलफलमा व्यस्त देखिएका हुन् ।

सत्ता गठबन्धनमा एमसिसीको विषयमा सहमति जुटाउने प्रयास भए पनि त्यसले सार्थकता पाउन सकेको छैन । प्रधानमन्त्री देउवा तत्काल एमसिसी पास गर्नुपर्ने पक्षमा छन् । 

माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी भने यथास्थितिमा एमसिसी पास गर्न नहुने अडानमा छन् । प्रचण्ड र नेपालले एमसिसी पास गर्नमा साथ नदिए प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग मिलेर अगाडि बढ्ने संकेत पनि देखाइसकेका छन् । 

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि एमसिसी पास गर्नका लागि साथ दिन भनेर अनुरोधसमेत गरिसकेका छन् । साथै, कांग्रेसका अन्य नेताहरूले प्रचण्ड र नेपालले साथ नदिए एमालेसँग मिलेर भए पनि एमसिसी पास गर्नुपर्ने बताउन थालिसकेका छन् ।  





  • प्रकाशित मिति : फागुन १२, २०७८ बिहीबार ११:४४:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया